काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको बताइएको छ ।
निवर्तमान गृहमन्त्री रवि लामिछानेले सांसद उम्मेदवारीमा प्रयोग गरेको नागरिकता पमाणपत्र तत्काल कायम नरहेको सर्वोच्चले फैसला गरेसंगै लामिछानेको गृहमन्त्री पद पनि गएको थियो ।
पुन: रास्वपालाई गृहदिने नदिने विषयमो सत्तारुढ दलभित्र विवाद बढेको छ । प्रधानमन्त्रीले गृह आफै राख्न खोजेका छन् । रास्वपा आफुले गृह नपाए सरकार नै छोड्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया