काठमाडौं । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार सुरु गरिएको छ । सुरक्षाकर्मीको टोलीले दुर्घटनामा बेपत्ताको खोजी गरिरहेको छ ।
यती एयरलाईन्सको नाइन एन एएनसी एटीआर ७२-५०० विमान पोखरा विमानस्थलमा अवतरण अघि दुर्घटना भएको थियो । काठमाण्डौदेखि पोखराका लागि उडेको विमानमा चालक दलको ४ सहित ७२ जना सवार रहेको थियो ।
विमानमा सवार ६९ जनाको मृत्यु पुष्टि भएको छ । अन्य बेपत्ता छन् ।
दुर्घटनामा मृत्यु भई सनाखत भएका शवलाई आज आफन्तका जिम्मा लगाउने तयारी गरिएको छ ।
प्रतिक्रिया