विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिनै लाग्दा सत्ता गठबन्धनका नेताहरुले छलफललाई तीब्रता दिएका छन् ।
उनीहरुले प्रदेश प्रमूखले दिएको समयसीमा भित्रै दावी पेश गर्ने बताएका छन् । प्रदेश प्रमूख प्रर्शुराम खापुङ ले आज सांझ ५ बजेसम्मको समय दिएको छ ।
प्रदेश प्रमुख खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थन जटाएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।
सत्ता गठबन्धनका केन्द्रीय स्तरमा भागबण्डा नटुंगिएका कारण दाबी पेश हुन सकेको छैन । प्रदेश एकमा सबै भन्दा ठूलो दल नेकपा एमाले भएकाले मुख्यमन्त्री उसैले पाउने सम्भावना छ । एमालेले पाउँदा हिक्मत कार्की मुख्यमन्त्री हुनेछन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनका एमालेका ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी ६० मत छ । बहुमतका लागि ४७ मत भए पुग्छ ।
प्रतिक्रिया