पाल्पा । पाल्पामा यात्रुवाहक बस दुर्घटना हुदाँ छ मृत्यु भएको छ । रूपन्देहीदेखि पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको बस बुधबार राती रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेमा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दर्घटनामा १६ जना घाईते भएका छन् ।
राती करिब साडे ९ जबे बस दर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । बस सडकबाट ६० मिटर खेको थियो । भिरालो ठाउँ र रातको समय भएकाले उदारमा कठिनाई भएको थियो ।
प्रतिक्रिया