बागलुङ । लागुऔषध कारोबारमा बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई ३ वर्ष छ महिना कैद फैसाला भएको छ ।
सोमबार जिल्ला अदालतका न्यायाधीस डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको हो ।
१२ असार २०७७ मा निसीखोला वडा नं. ६ को वडाध्यक्ष हुँदा ८० केजी गाँजासहित आफ्नै घरबाट उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया