बेइजिङ । कोभिड १९को ओमिक्रोन भेरियन्ट चिनमा तीव्र फैलिरहेको छ । त्यहाँका नेशनल हेल्थ कमिसनले यस सात एकै दिन करिब ३ करोड ७० लाख मानिस संक्रमित भएको अनुमान गरेको छ । यो विश्वमा एकैदिन फैलिएको सबै भन्दा ठूलो महामारी हो ।
अन्तराष्टिय सञ्चारमाध्यमहरुको अनुसार चीनको राजधानी बेइजिङ र दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्तमा आधाभन्दा बढी बासिन्दाहरू संक्रमित भएका छन् ।
कोभिड शुन्य नीतिका कारण चीनमा कोभिड नियन्त्रणमा थियो । तर चौतर्फी विरोधपछि केही दिनअघि मात्र चीनले शून्यकोभिड नीति अन्त्य गरेको थियो । गत तीन हप्तामा मात्र चीनमा करिब २५ लाख मानिसमा कोभिड संक्रमण भएको छ ।
प्रतिक्रिया