१५ कार्तिक २०८१, बिहिबार । October 31, 2024

Breaking

१९ वर्ष कारागार बसेर छुटे चार्ल्स शोभराज



 

काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज १९ वर्ष दुई महिना नेपाली कारागारमा बसेर आज छुटेका छन् । केन्द्रीय कारागारले थुनामुक्त गरेरअध्यागमन विभाग लगेको छ । अब अध्यागमनले डिपोर्ट गर्ने प्रक्रिया सुरु गर्नेछ ।। शोभराजले भने नेपामै बस्ने चाहाना रहेको बताएका छन् ।

बुधबार न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो ।
तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी परेको निवेदन माथि इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार ००:००