काठमाडौं । विश्व कुख्यात ‘सिलिरयल किल्लर’ चार्ल्स शोभराज आज कारागारबाट रिहा हुँदैछन् । आज छुट्ने शोभराजका वकिल गोपाल शिवाकोटीले जानकारी दिएका छन् ।
बुधबार न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो ।
तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी परेको निवेदन माथि इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्याएर थुनामुक्त गर्नु भनी आदेश जारी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
प्रतिक्रिया