काठमाडौं । काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटनामा ज्यान गुमाउने मध्ये १३ जनाको पहिचान भएको काभ्रे प्रहरीले जनाएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका-४ मा भएको बस दुर्घटनामा एउटै वडाको ७ जनाले ज्यान गुमाएको छ । बनेपा नगरपालिका वडा नं ११ का ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ ।
त्यस्तै अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, बेथानचोक-५ का ३२ वर्षीय मञ्जु तामाङ छन् ।
बस चालक २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ । मृत्यु हुने केहीको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइतेहरुका धुलिखेल अस्पताल, वीर अस्पताल, न्यूरो असपताल लगायत ठाँउमा उपचार भइरहेको छ ।
प्रतिक्रिया