काठमाडौं । क्रोएसिया र अर्जेन्टिना कतारमा जारी फुटबल विश्वकप २०२२ को सेमिफाइनलनमा प्रवेश गरेको छ । दुवै टिम पेनाल्टी सुट आउटबाट विपक्षीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । उपाधि दाबेदारका रुपमा हेरिएको ब्राजिल यो हारसंगै क्वाटरफाइनलबाटै बाहिरिएको छ । ब्राजिल विश्वकपको सर्वाधिक ५ पटकको विजेता हो ।
त्यस्तै नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा पुगेको थियो ।
प्रतिक्रिया