जनता समाजवादी पार्टी, नेपालले भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन मातहातका समितिलाई निर्देश गरेको छ ।
पार्टीको जिम्मेवारीमा रहेका सदस्यहरुले पदीय जिम्मेवारी अनुसार निर्वाचनमा खेलेको भूमिका, समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुको भूमिका, निर्वाचनका बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखा परेका कमीकमजोरीहरु साथै समानुपातिक तथा प्रत्यक्ष तर्फका निर्वाचनमा प्राप्त गरेका मत अथवा प्राप्त गर्न सक्ने मतको अवस्था तथा सम्बन्धित निर्वाचन क्षेत्रहरुबाट प्राप्त चुनावी नतिजा समेतलाई ध्यानमा राखी यथासिघ्र निर्वाचन क्षेत्र स्तरिय, जिल्ला स्तरिय समितिहरु र प्रदेश स्तरिय समितहरुकको निर्वाचन समिक्षा सम्बन्धि बैठक बसी चुनावी समिक्षा गर्न, प्रतिवेदन तयारी गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए ।
समिक्षा प्रतिवेदन पठाउन १५ दिनको समय सीमा तोकिएको छ । त्यस पश्चात पार्टीका बैठकहरु बस्ने आगामी कार्यदिशा तय हुने प्रमुख बस्नेतले बताए ।
प्रतिक्रिया