त्रिशूली । आमाछोरी हत्या आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीका २१ बर्षिय पुष्कल भनिने सोनम तामाङ प्रहरीले गिरफ्तार गरेको छ । आज विहानतामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोही ठाउँका बीस वर्षीया सम्झना खतिवडा र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो ।
हत्याको घटना लगतै फरार तामाङलाई आज बिहान काठमाण्डौ तर्फ जान लागेको बेला पक्राउ परे ।
प्रतिक्रिया