२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी



एजेन्सी । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो,  दृढ,  भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले  चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ००:००