काठमाडौं । सिंहदरबारस्थित पूर्वीेगेट बाहिर बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्कर दिदा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।
मन्त्रालयबाट घर फर्किने क्रममा पैदल हिडिरहेकी ३२ बर्षीया आस्थालाई ठक्कर दिएको थियो ।
मोटर साईकलको ठक्करबाट गम्भीर घाइते सुब्बालाई उपचारका लागि मोडल अस्पतालमा पुर्याईएको थियो । उनीको सात बजे मृत्यु भएको प्रहरी जनाएको छ ।
हाल मन्त्रालयको राष्ट्र संघ महाशाखामा सुब्बा २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले परराष्ट सम्बन्धि एक जिज्ञासु र एक प्रतिभाशाली अधिृकत गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया