काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रद्रेश सभा सदस्य निर्वाचन तीन कम्युनिष्ट पार्टीले बहिष्कार गर्ने भएको छ ।
नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी सहित तीन वटा कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो ।
ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । m
बुधबार काठमाण्डौ स्थित बुधनगरमा बसेको बैठक पछि विज्ञप्ती जारी गर्दै दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न गरेको चुनाव बहिष्कार गर्ने उल्लेख गरेको छ । चुनाव बहिष्कार सम्बन्धी थप जानकारी कार्तिक १९ गते पत्रकार सम्मेलन मार्फत गराईने बताइएको छ ।
विज्ञप्ती
आज हामी तीन कम्युनिस्ट पार्टीहरुको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय
बुद्धनगरमा बस्यो । बैठकले दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर
४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय गयो । बहिस्कार र खारेजी
सम्बन्धी कार्यक्रम र अपील कार्तिक १९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।
विप्लव
महासचिव
नेपाल कम्युनिस्ट पार्टी
ऋषि कट्टेल
राष्ट्रपति
नेपाल कम्युनिस्ट पार्टी
आहुती
महासचिव
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल
१६ कार्तिक २०७९
प्रतिक्रिया