काठमाडौं । ताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको स्थित किष्ट मेडिकल कलेजमा आज बिहान निधन भएको हो । जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो । उनलाई डेंगु संक्रमण समेत भएको थियो ।
अस्पताल भर्ना गरेर उपचार प्रारम्भ गरेका सुरुसुरुमा स्वास्थ्य अवस्था ठिकै रहेपनि पछिल्लो दिनमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । अपराह्न चार बजे जोशीको पार्थिव शरिर पुनः अस्पतालमा लगिनेछ । जोशीको पार्थिव शरिर अस्पतालमा अध्ययनका लागि राखिने छ ।
प्रतिक्रिया