२ चैत्र २०८१, आइतबार । March 16, 2025

Breaking

निर्वाचन प्रयोजनका लागि मत सर्वेक्षण गर्न नपाइने



काठमाण्डौ । निर्वाचन प्रयोजनका लागि मत सर्वेक्षण गर्न नपाईने निर्वाचन आयोगले उल्लेख गरेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भन्दै तस्तो कार्य नगर्न नगराउन भनेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको भन्दै त्यस्तो गैरकानुनी कार्य गरे कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार ००:००