काठमाण्डौ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धनका नेताहरू प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति खोज्न तल्लिन छ ।
गठबन्धनमा प्रत्यक्ष तर्फको सिट बाँडफाट निक्कै पेचिलो बन्दै गएको छ । आइतबार र सोमबार मात्र समानुपातिक तर्फको बन्दसूचि निर्वाचन आयोगमा बुझाएको दलहरु मंगलबार बिहान छलफलमा जुटे । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरू प्रत्यक्षतर्फ सिट बाँडफाँटको छलफल जुटे । दिउँसो कार्यदलको छलफल र आजै अपरान्ह ४ बजे पुनः बालुवाटामार छलफल गर्दै छन् ।
प्रतिक्रिया