काठमाण्डौ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान र अन्य प्रदेशका केहि भूभागमा बर्षाको सम्भावना रहेको छ । दिउँसो चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थामा भारी बर्षा हुने सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया