काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा सौभाग्यशाली हुँ कि अभागी दोधारमा हुने बताउनु भएको छ । मुलुकको राजनीति आफूमा केन्द्रित हुने परिस्थिति निर्माण भएको भन्दै यसको रक्षाका लागि मेहनत गर्न आग्रह गरेका छन ।
दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा विहिबार आयोजित कार्यक्रममा प्रचण्डले भने, कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो कि जस्तो लाग्छ ।
माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने आधार स्पष्ट रहेको दाबीसमेत उनले गरे ।
प्रतिक्रिया