१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

दुवाईबाट आएको एक भारतीयलाई पक्राउ गरि दिशा गराउँदा १ किलो सुन निस्किएपछि ..



काठमाडौं । अवैध रुपमा ल्याएको एक किलोग्रम सुन सहित त्रिभूवन अन्तर्राष्टय विमान स्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारतीय नागरिक राहादानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानान रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुन प्रहरी वृत्त गौशालामा लागि शौच गराउँने क्रममा मलद्वारबाट ४ वटा पोका सुन फेला परे परेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार ००:००