काठमाडौं । जापान भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले आणविक बम खसालिएको सहर हिरोसिमास्थित संग्रहालय अवलोकन भ्रमण गर्नु भएको छ ।
जापानी सहर हिरोसिमा र नागासाकीमा अमेरिकाले दोस्रो विश्वयुद्धका बेला परमाणु बम प्रहार गरेको थियो । परमाणु बमबाट कति व्यक्तिको मृत्युु भयो भन्ने तथ्यांक छैन । यद्यपि दुई सहरमा करिब दुई लाख पचास हजारले ज्यान गुमाएको बताईन्छ ।
अध्यक्ष प्रचण्ड जापान स्थित नेपाली समुदायले अायोजना गरेकोे विभिन्न कार्यक्रममा सहभागी भईरहनु भएको छ ।
प्रतिक्रिया