काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरण गर्ने निर्णय गरेको हो ।
बुधबार सत्तारुढ गठबन्धनका नेताहरु मंसिर ४ मा निर्वाचन गर्न सहमत भएका थिए ।
देशकै ठूलो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई भने निर्वाचन सम्बन्धि छलफलमा सहभागी गराईएन ।
प्रतिक्रिया