काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
उहाँले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यो विधेयक प्रमाणीकरणसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो । विश्वविद्यालयका चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ ।
प्रतिक्रिया