२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

Breaking

कुमारको कसममा कमल र ललनाको रोमान्स



काठमाडौं । श्रावण महिनामा यसपाली वर्षाको बाढी जसरी तिजका गीत संगीतको बाढी भेल आउने क्रम जारी नै छ। यसैबीच प्रेमिल शैलीको कसम बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गीतकार कुमार मिश्रको शब्द रहेको छ।

गायक साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो ुकेके अक्टेभु नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार ००:००