चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
सोमबार दिउँसो ४ बजे नारायणगढ९मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट खस्दा १८ जना घाईते भएका हुन । माइक्रा २५ मिटर सडकबाट तल खसेको थियो ।
घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया