काठमाडौं । नेकपा (एमाले) ले चर्को महंगी, भ्रष्टाचार र सरकारका कामको विरोधमा आज राजधानीमा वृहत् जनप्रदर्शन गर्दै छ ।
प्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध वृहत् जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले वताउनुभयो ।
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको छ ।
समापनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया