काठमाण्डौ । संसदीय छानविन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तीन घण्टा बयान लिएको छ । पूर्वमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएका छन् ।
छानविन समितिले राखेको सबै प्रश्नको जवाफ दिएको शर्माले बताए । समितिमा बयान दिएर बाहिरिदै गर्दा शर्माले समितिले सोधेको सबैप्रश्नको जवाफ दिएको बताए ।
शर्माले आफुमाथी लागेको आरोप आधारहिन भएको बताए । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको सन्दर्भ सार्वजनिक भएसंगै जनस्तरमा चर्को विरोध भएपछि शर्माले पदबाट राजिनामा दिएका थिए । छ
प्रतिक्रिया