२४ माघ २०८१, बिहिबार । February 7, 2025

Breaking

धिरेन शाक्य र मञ्जु थापाको अभिनयमा ‘माया लाउदै जाउँ’ सार्वजनिक



काठमाण्डौं । गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको “माया लाउदै जाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । गीतमा प्रेमी प्रेमिका विचको प्रेम प्रसङ्गलाई समावेश गरिएको छ ।

उत्तम हुमागाईँको छायाँकन , प्रविण श्रेष्ठको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा धिरेन शाक्य र मञ्जु थापाको अभिनय रहेको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार ००:००