काठमाण्डौ । तत्कालिन नेकपामा सचिवालय सदस्य रहेका तीन बाम दलका नेताहरुबीच आगामी निर्वाचनमा सहकार्य गर्ने बारे छलफल भएको छ ।
सिंहदरबार स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागी हुनुहुन्थ्यो ।
गठबन्धनलाई कायम राख्दै आगामी संघ थता प्रदेश सदस्इ निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आजको बैठकमा मुख्यत निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको निर्णयका बारेमा छलफल भयो ।
प्रतिक्रिया