१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

Breaking

दुई आवासीय राजदूत नियुक्त



काठमाण्डौ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सुशीलकुमार लम्साललाई इजिप्टका लागि र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ, कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार ००:००