काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक प्रज्ञा भवनमा सुरु भएको छ । । राजधानीको प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
आठौँ महाधिवेशन गत पुसमा सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेकका कुनै पदाधिकारी चयन गर्न सकेको छैन । बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो र स्थायी समितिको चयन, पदाधिकारी चयन रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा समेत यो बैठकले गर्ने छ ।
१९ असार २०७९, आइतबार ००:००
0
Shares
प्रतिक्रिया