काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते बैठक बस्ने जानकारी दिनु भएको हो । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न बस्नेछ । बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा लगायतमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया