काठमाडौं । बैंकिङ कसूरका फरार आरोपी पक्राउ परेको छ ।
गोकर्णेश्वर नगरपालिका(८ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएकी ४२ वर्षीया विष्णु माया योन्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंकमा रहेको खाता माफत भुक्तान हुने भनी पीडिलाई झुक्याएकी थिइन । सो खाताबाट भुक्तान हुन नसके ठहर गरी अदालतले २०७७ फागुन १३ गते उक्त फैसाला गरेको थियो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ २७ गते ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया