काठमाण्डौ । लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । बिहान साडे छ बजे लेदो हटाएपछि सञ्चालनमा आएको हो ।
भरतपुर २९ खहरेखोलामा सडकमाथिबाट लेदो झरेपछि आज विहान २ः ४५ बाट सडक ईतर्फी अवरुद्ध भएको थियो । बिहान ५ः१० बजे पुन लेदो आएर सडक अवरुद्ध भएपछि अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया