२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

राजेश पायलको खुशीका मुहानमा नग्मा श्रेष्ठ



काठमाडौं । मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो खुशीका मुहानु सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका हुन्।

सहास शाक्यलको संगीत संयोजन रहेको छ। सेण्टिमेण्टल भर्सनको गीतमा जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्। बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन्। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो।

भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल अम्बर तुम्बापो सुब्बा अफ़िसिएलु मार्फत सार्वजनिक भएको हो। भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

प्रकाशित : १२ असार २०७९, आइतबार ००:००