काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टीमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ कायम भएको छ । सरकारले लिँदै आएको छुट गरेर मूल्य समायोजन गरिएको हो।
यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । घटाएको मूल्य आजराति १२ बजेदेखि लागु हुनेछ ।
प्रतिक्रिया