२४ माघ २०८१, बिहिबार । February 6, 2025

Breaking

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्दै



काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोली शनिबार बस्ने भएको छ । दुईदिनसम्म चल्लने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, आगामी निर्वाचन रणनीतिमा केन्द्रित हुनेछ ।

शुक्रबारव बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक तथा निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ ।
पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफ्रनै धरातलमा प्रतिस्पर्धा गर्नुपर्ने अधिकांश नेताको सुझाव छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार ००:००