२४ माघ २०८१, बिहिबार । February 6, 2025

Breaking

धरानमा समिर श्रेष्ठ प्रस्तुत हुदै



धरान । युवापुस्तामा लोकप्रिय हुँदै आएका गायक समिर श्रेष्ठ आउँदो असार १५ गते बुधबार साँझ धरानको लोकप्रिय भीन्टेज क्याफे लंज एण्ड बारको स्टेजमा आफ्नो प्रस्तुति दिन आउंदैछन्।
टुबोर्ग बियरको प्रस्तुतिमा ूसमिर श्रेष्ठ लाइभ इन धरान कार्यक्रममार्फत पहिलो पल्ट धरान आउन लागेका गायक समिर श्रेष्ठका थामन हात , मेरो मनमा , चार दिवार , माया त माया हो ,चित्त बुझाउनु कसरी ,बुझी देउ , आज किन ,कुरी बसेछु लगायतका गीतहरु युवा(युवतीहरु माझ अत्यधिक लोकप्रिय रहेका छन्।
डिभाईन वाइन को सह प्रायोजन तथा रेड्ब्लु इनर्जी ड्रिंक, क्रंची फिटनेस , ट्रोल धरानको सहयोग रहेको कार्यक्रममा स्थानीय एफ थ्री ब्याण्डको समेत प्रस्तुति रहनेछ। ग्यारेज इन्टरटेनमेन्टको आर्टिस्ट म्यानेजमेन्ट र सिल्भर इन्टरटेनमेन्टको म्यानेजमेन्टमा कार्यक्रम आयोजना भएको हो।

प्रकाशित : १० असार २०७९, शुक्रबार ००:००