२४ माघ २०८१, बिहिबार । February 6, 2025

Breaking

गायक अर्जुन पन्तको रत्यौली गीत बुहारी



काठमाण्डौं । गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ ल्याएका छन् । गायक पन्तको स्वरमा ‘बुहारी ’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायक अर्जुनको शब्द तथा संगीतमा सो गीत सुन्न सकिन्छ । मौलिक लोकलयमा आधारित रत्यौली गीत भएको कारणले पनि आमदर्शक तथा श्रोताले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन ।

अर्जुन पन्तले निर्देशन गरेको म्यूजिक भिडियो सन्जु पौडेल, अर्जुन पन्त , विकाश राज पौडेल , निर्मल पौडेल , अपर्ण परियार ‘जिरे’ ले अभिनय गरेका छन् ।
सुर्य केसीको छायांकन,प्रकाश एस के को सम्पादन तथा अर्जुन पन्तले भिडियोलाई निर्देशन गरेका छन ।

प्रकाशित : १० असार २०७९, शुक्रबार ००:००