४ जेष्ठ २०८२, शनिबार । May 17, 2025

Breaking

अस्मिता अधिकारीको स्वरमा एक सफर बजारमा



काठमाण्डौं । रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘‘एक सफर‘ को भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलको संगीत रहेको सो गीतमा विशाल निरौला स्यमले संगीत संयोजन गरेका छन ।

गीतको सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन निशान एस के ले गरेका हुन । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रहेको भिडियोमा मनोज चन्द र गरिमा शर्मा को अभिनय देख्न सकिन्छ । प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गीतसार्वजनिक गरिएको गायक विशाल ले बताए ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार ००:००