मदर टेरेसा
- यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
- शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
- हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
- सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
- हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
- रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
नेल्सन मण्डेला
- चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।
- एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
- स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
- जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
- शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।
- एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।
अल्बर्ट आइन्स्टाइन
- ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।
- म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।
- हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
- गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।
- जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
चाणक्य
- ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
- चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
- आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
प्रतिक्रिया