मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ, दिन पर्ने एउटै हुन्छ
मिलनका मातयीहरू मायाका चिन्ह हैनन
तृष्णाले छटपटेका यौवनका दोष ती हुन्
माया त गुँड मुटुको गहिराइभित्र हुन्छ
त्यो लिन गहारो हुन्छ दिन पनि गहारो हुन्छ
सोचेर माया लेऊ सम्झेर माया देऊ
एकपल्ट साँटेपछि फर्काउन गहारो हुन्छ
माया सधैं नै चोखो सत्य र अमर हुन्छ
बरु कोहि मायालु नै जुठो र झुठो हुन्छ
मायालुहरू मरेर मर्दैन मायाहरू
लासमाथि पनि माया बाँचिरहेकै हुन्छ
जानेर माया लाऊ मायाको अर्थ के हो
मनपरि माया गर्दा लाजमर्दो पनि हुन्छ
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – ध्रुब केसी
प्रतिक्रिया