२३ माघ २०८१, बुधबार । February 5, 2025

Breaking

नक्कली समाचार सम्प्रेषण विरुद्ध रुसद्वारा नयाँ विधेयक पारित



युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन गरेका छन्।
तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रूसी सरकारी एजेन्सीहरूले ूरूस र यसका नागरिकहरूको हितमाू विदेशमा गरिएका कार्यहरूको बारेमा जानीजानी गलत जानकारीू प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार ००:००