२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

अर्थ

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा



काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बेंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा, झापाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।


बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित माछापुच्छ्रे सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बेंकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
केन्द्रले देशभर १६० वटा शाखाहरु र १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ३०८ स्थानबाट सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै बैंकको देशभर १९८ वटा एटीएमहरु रहेको छ ।

प्रकाशित : १५ पुस २०७७, बुधबार ००:००