लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई वेष्ट ब्रोमले बराबरीमा रोकेको छ । गएराति लिभरपुलकै मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा लिभरपुलका सादियो मानेले पहिलो गोल गरे पनि ८२ औं मिनेटमा सेमि अजाईले गोल फर्काएपछि खेल बराबरीमा सकियो । बराबरीमै खेल सकिए पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । १५ खेलबाट उसको ३२ अंक छ । समान खेलबाट २९ अंक जोडेको एभर्टन दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया