काठमाडौं । नेपालकै पहिलो आधुनिक नागढुंगा० सुरुङमार्ग खन्ने काम मंगलबारदेखि सुरु भएको छ । सुरुङमार्ग मार्ग निर्माणका लागि अन्य सबै प्राविधिक काम सकिएर मंगलबारबाट सुरुङ खन्न थालिएको हो ।
यस सुरुङमार्गको २.६८ किलोमिटर लम्बाई, ३.५ मिटर चौडाईमा दुई लेन रहने छ । बीचमा १.५ मिटरकोलेन र दुवै तर्फ ०.५ मिटरको नाली रहनेछ ।
यो आयोजना जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको हो । करिब २० अर्ब लागत रहेको यस आयोजनामा नेपाल सरकारको करिब साडे ४ अर्ब लगानी रहने छ ।
प्रतिक्रिया