१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

खगेन्द्र यक्सो र श्रेयसी चेम्जोङको नयाँ गीत ‘जाउ डाडै काटेर’



काठमाडौं । नेपालको पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् । अर्ग्यानिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा जाउँ डाँडै काटेर बोल रहेकाो गीतको भिडियो सार्वजनिक भएको हो ।

मायामा प्रेम बसेपछि उमेर हेरिदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ । खगेन्द्र यक्सो लिम्बु र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् ।

मौलिक यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन् । पूर्वको रमण्ीय र चर्चित पर्यटकिय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन यस गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन् ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार ००:००