काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको
आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल
युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान
पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।
आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा
स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।
सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले
लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन
र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड
गरिएको हो ।
देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन
र कलर गरेका हुन ।
प्रतिक्रिया