२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट


१३ भाद्र २०७६, शुक्रबार ००:००

0
Shares


एजेन्सी – लिभरपुलका डिफेन्डर भर्गिल भान डाइकले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यूइएफए सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । २७ वर्षीय भान डाइक सन् २०१८ मा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा उनको ठूलो योगदान छ । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेकाहुन् ।
सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेसीले भने सन् २०११ र २०१५ मा उपाधि जितेका थिए । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।
महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

शीर्ष १० मा पर्न सफल अन्य खेलाडी :

४. एलिसन बेकर
५. साडियो माने
६. मोहम्मद सलाह
७. इडेन हाजार्ड
८. म्याथिस डे लिग्ट
९. फ्रानकी डे जोङ
१०. रहिम स्टरलिङ

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार ००:००